4.9 magnitude earthquake in Bajhang
विशाल चौतारी समाचार
बझाङ, २०७४ भाद्र ६ मंगलबार । मंगलबार बिहान बझाङ कोन्द्रविन्दु बनाएर ४.९ म्याग्निच्यूडको भूकम्प गएको छ । बिहान ६ बजेर ३५ बजे भूकम्प गएको हो ।
हुम्ला, दार्चुला, बाजुरा, डोटी, बतैडी लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन कोन्द्रका अनुसार यो पराकम्पन नभएर नया भूकम्प हो ।
भूकम्पबाट हालसम्म कुनै पनि क्षति नभएको बझाङका प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले जानकारी दिए । ‘भूकम्पको धक्का महसुस भएको त छ तर क्षति पुगेको कुनै पनि सूचना हालसम्म प्राप्त भएको छैन,’ प्रमुख जिल्ला अधिकारी जोशीले बताएका छन्
प्रतिक्रिया