Bisal Chautari Logo

३० किलो चरेससहित तीन महिला, एक पुरुष पक्राउ

- ६ भाद्र २०७४, मंगलवार ०६:५३ मा प्रकाशित


Four people arrested with 30 kg  chare
विशाल चौतारी समाचार
नेपालगन्ज, २०७४ भाद्र ६ मंगलबार । नेपालगन्जका विभिन्न ठाउाबाट ठूलो परिमाणमा चरेससहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन महिला र १ पुरुष रहेका छन् ।
नेपालगन्जको सल्यानी बगियास्थित एक घरमा चरेस विक्री भईरहेको सूचना थाहा पाएपछि बाके प्रहरी खरितकर्ता बनेर पक्रउ गर्न सफल बनेका हुन । निक्कै सुझबुझका साथ सोमबार राति अपरेशन चलाएर चरेस कारोबारीलाई रंगेहात पक्राउ गर्न सफल भएको हो ।
एक घरमा सादा पोशाकका प्रहरीहरु चरेस खरिद गर्न भन्दै पुगेका थिएा । जहााबाट ११ केजी चरेससहित सोमबहादुर पुन पक्राउ परेका हुन् । पुनको बयानको आधारमा प्रहरीले नेपालगन्जको रामनगरस्थित अर्को घरमा पनि छापा मार्दा घर भाडामा बस्दै आएका दुई महिलाको साथबाट प्रहरीले १९ केजी चरेस बरामद र्गयो ।
प्रहरीले रामनगरबाट रुकुम स्थायी घर भएकी ४५ बर्षीया दीप कुमारी पुन र सुर्खेत डााडाखालीकी ४० बर्षीया प्रेमा चन्दलाई पक्राउ गर्यो ।
ती दुई महिलाले बसपार्क्स्थित “होटल मञ्जु”को साहुनीबाट आफूहरुले चरेस लिएको बताए । उतm बयानपछि प्रहरीले मञ्जु होटलमा पनि छापा मारेको थियो । त्यहाा चरेस फेला नपरेपनि होटल संचालक २० बर्षीय हिरा बुढालाई पक्राउ गरिएको छ । होटलबाट बहुमुल्य पत्थरसहित एक जना व्यक्ति पक्राउ परेको अपरेशनमा संलग्न एक प्रहरी अधिकारीले बताए ।
क्षेत्रीय अनुसन्धान ब्यूरो (आरआईटी) वडा र जिल्ला प्रहरीको संयुक्त अपरेशनबाट यतिका ठूलो परिमाणमा चरेससहित कारोबारीहरुलाई पक्राउ गरिएको हो । बााकेका प्रहरी प्रमुख एसपी टेक बहादुर तामाङले चरेससहित केही व्यक्तिहरु पक्राउ परेको पुष्टि गर्दै मंगलबार दिउासो पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिईने बताएका छन् ।

प्रतिक्रिया