Bisal Chautari Logo

प्रधानमन्त्री भोलीबाट भारत भ्रमण्मा जादै, के–के छ ?एजेण्डा

- ६ भाद्र २०७४, मंगलवार ०८:१८ मा प्रकाशित


Prime Minister going to india on wednesday
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ भाद्र ६ मंगलबार । प्रधानमन्त्री शेरबहादुर देउवा ५ दिने औपचारिक भ्रमणका लागि भोलिबाट भारत भ्रमणमा जादै छन् । भ्रमणका क्रममा के–के एजेण्डा उठाउने भनेर प्रधानमन्त्री देउवाले पुर्व प्रधानमन्त्री, परराष्ट्रविद र पुर्व परराष्ट्रमन्त्रीहरुसाग सुझाव लिइरहेका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डा तय गरेको थियो । मंगलबार बिहानमात्रै प्रधानमन्त्रीले पुर्व परराष्ट्रमन्त्रीहरुसाग भ्रमणका एजेण्डाका विषयमा छलफल गरेका छन् । प्रधानमन्त्रीको यो भ्रमणका बेला नयाा सहमति र सम्झौता नभएपनि यसअघिका सम्झौताको कार्यन्वयनका विषयमा आफ्नो तर्फबाट प्रष्ट धारणा राखेर भ्रमण फलदायी बनाउनुपर्ने तथा नेपाललाई अहित हुने कुनैपनि सहमति र सम्झौता नगर्न विज्ञहरुले सुझाव दिादै आएका छन् ।

प्रधानमन्त्री देउवाको भ्रमणका क्रममा पुराना परियोजना र भारतीय बााधका कारण नेपाली भूभाग डुवानको समस्या लगायतका विषयमा छलफल हुनेछ ।
‘विगतमा प्रधानमन्त्रीका रुपमा भारत भ्रमण गर्दा दुई देशबीच भएका सहमतिको कार्यान्वयनमा विशेष पहल हुन्छ,’ प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भटराईले भने। उनका अनुसार पुराना सन्धिसम्झौताका विषयमा छलफल हुनेछ भने लक्ष्मणपुर र कोसी बााधबारे पनि कुराकानी हुनेछ । त्यस्तै भूकम्पपछि नेपालको पुनर्निर्माणलाई आर्थिक सहयोगका विषयमा कुरा उठ्नेछ ।
नेपालले उठाउने प्रमुख एजेण्डा
प्रधानमन्त्री देउवाको भारत भ्रमणका बेला दुई देशका प्रधानमन्त्रीबीचको द्विपक्षीय वार्तामा नेपालले पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, कोशी सम्झौता र बााध, माथिल्लो कर्णाली परियोजना, अरुण तेस्रो, ऊर्जा क्षेत्रमा सहयोग, अन्तरदेशीय प्रसारण लाइन, पुनर्निर्माण, सहुलियतपूर्ण ऋण, गण्डक नहर, नेपाली भूभाग डुबानमा पर्नेगरी भारतले सीमामा बनाएका बााध, व्यापार तथा पारवहन, क्रस बोर्डर कनेक्टिभिटी, एलपिजी बुलेट, भारतीय मुऽा सटही, क्रस बोर्डर रेलसेवा, एकीकृत चेक पोस्ट, हवाई रुट, सैन्य सामग्री, निर्वाचनका लागि आवश्यक सहयोगलगायतका विषयमा छलफल गर्ने नेपाल सरकारको तयारी छ ।

प्रतिक्रिया