18 young men and women involved in sexual assault
विशाल चौतारी समाचार
झापा, २०७४ भाद्र ६ मंगलबार । झापाको दमकमा यौन धन्दामा संलग्न भएको आरोपमा प्रहरीले दमकका विभिन्न होटलबाट १८ जना युवा–युवतीलाई पक्राउ गरेको छ । अहिले जतातैे यौन धन्दा फस्टाउादै गएको पछिल्लो गतिविधीले देखाएको छ ।
फाइल फोटो
अपत्तिजनक अवस्थामा दमकको साइनो होटलबाट पेसेवर यौनकर्मीका रूपमा रहेका दुई जोडी युवती, कनकाई होटलबाट पााच जोडीलाई आपत्तिजनक अवस्थामा तथा पेसेवर यौनकर्मीको रूपमा रहेकी एक महिला, सौगात होटलबाट अपत्तिजनक अवस्थामा एक जोडी तथा त्यही होटलमा पेसेवर यौनकर्मीका रूपमा कार्यरत एक महिलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
स्थानीयहरूले पूर्वको दमकमा यौनधन्दा धेरै फस्टाउन थालेको गुनासो बढेपछि होटलहरूमा छापा मारिएको प्रहरी निरीक्षक बस्नेतको भनाई रहेको छ ।
प्रतिक्रिया