Bisal Chautari Logo

प्रधानमन्त्री देउवाले १५ राज्यामन्त्री थपे, अहिलेसम्मकै जम्बो मन्त्रिमण्डल

- ६ भाद्र २०७४, मंगलवार १२:३५ मा प्रकाशित


pPrime Minister Deuba added 15 ministers
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ भाद्र ६ मंगलबार । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषदमा १५ जना राज्यमन्त्री थप गरेपछि मन्त्रीको संख्या ४९ पुगेको छ। मन्त्रिमण्डलमा ३ उपप्रधानमन्त्री सहित २६ मन्त्री र २३ राज्यमन्त्री छन् । यो गण्तान्त्रीक नेपालको सबै भन्दा ठुलो मन्त्रिमण्डल हो ।
अझौ उद्योग मन्त्री, वन तथा भूसंरक्षण मन्त्री, विज्ञान तथा प्रविधि मन्त्री र शान्ति तथा पुननिर्माण मन्त्री गरी चार मन्त्री नियुक्त हुन बााकी छ।
आज थपिने राज्यमन्त्रीहरुमा कांग्रेसका तर्फबाट शेषनाथ अधिकारी, सीता गुरुङ, उदय शमशेर राणा, नरबहादुर चन्द, तप्तबहादुर बिष्ट, अब्दुल रजाक, डिल्ली चौधरी, चम्पादेवी खड्का, दिलमान पाख्रिन, सरिता प्रसाईं, अमरसिंह पुन र तेजुलाल चौधरी छन्।
यसैगरी, फोरम लोकतान्त्रिकबाट राज्यमन्त्री हुनेमा जनकराज चौधरी, सुमित्रा थरुनी र यशोदा लामा छन्। राज्यमन्त्रीहरुको आजै सपथ गृहण गरेका छन् ।

प्रतिक्रिया