Khandabari municipal incertitude locked
विशाल चौतारी समाचार
संखुवासभा, २०७४ भाद्र ७ बुधबार । संखुवासभा खाँदबारीका पााच वटा वडाका वडाध्यक्षहरु मिलेर संखुवासभा खाँदबारी नगरपालिकामा बुधबार तालाबन्दी गरेका छन् ।
एक सातादेखी आन्दोलित वाडा अध्यक्षहरुले मेयर, उपमेयर र कार्यकारी अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन् । नगरपालिकाका १, ४, ५, ८, र १० का वडाअध्यक्षहरुले तालाबन्दी गरेका हुन् । केन्द्रबाट करिब ३९ करोड रूपैयाा अनुदान आएपनि नगरपालिकाले वडामा २२ लाख मात्रै विनियोजन गरेको भन्दै आन्दोलित थिए । वडाध्यक्षहरूले वडामा एक करोड विनियोजन गर्न माग गरेका छन् ।
मंगलबारबाट रिले अनशनमा बसेका वडाध्यक्षहरुले आज तालाबन्दी गरेका हुन् । वडाको बजेट नबढाएसम्म ताला नखोल्ने खाँदबारी नगरपालिका १ नम्बर वडाका अध्यक्ष निरञ्जन श्रेष्ठले बताए ।
वडाध्यक्षहरुको आन्दोलनमा एमाले बाहेकका १२ वटा राजनीतिक दलको समर्थन रहेको छ । मेयर मुरारी खतिवडाले एकलौटी ढंगले वडालाई बजेट कम दिने निर्णय गरेको श्रेष्ठले बताए ।
मेयर खतिवाडाले आफ्नो मनोमानी ढंगले बजेट बाडेको आरोप वाडा अध्यक्षाहरुले लगाएका छन् । हुन् । वडामा बजेट कमभएको भन्दै साउन २५ गते प्रेस विज्ञप्ति जारी गरेर कांग्रेसका वडध्यक्षहरुले बिरोध जनाएका थिए ।
भदौ ३ गते मेयरलाई ज्ञापनपत्र बुझाएका वडाध्यक्षहरुले ४ गते नगरभित्र जनचेतना कार्यक्रम गरे । त्यस्तै, भदौ ५ गते कालोपट्टि बााधेर जन प्रतिनिधिहरुले काम गरे भने, मंगलबार रिले अनशन बसेका थिए ।खाँदबारी नगरपालिका भित्र ११ वटा वडा छ । त्यसमध्ये ५ वटा वडामा कांग्रेसका जनप्रतिनिधिहरुले जितेको छ । मेयर, उपमेयर र बााकी वडाहरू एमालेले जितेको छ ।
प्रतिक्रिया