Rajan Koirala dies from an attack on an unknown person
विशाल चौतारी समाचार
धुलिखेल, २०७४ भाद्र १० शनिबार । धुलिखेल नगरपालिका वडा नं २ का वडाध्यक्ष राजन कोइरालाको निधन भएको छ । कोइरालाको शुक्रबार राति ११ बजेर ५६ मिनेट जाँदा निधन भएको धुलिखेलका मेयर अशोक ब्याञ्जुले बताए ।
अज्ञात व्यक्तिको आक्रमणमा परेको कोइराला पाँच दिनअघिदेखि काठमाडौंको नर्भिक अस्पतालमा आइसीयुमा राखेर उपचार गराइरहेका थियो । गत आइतबार बेहोस अवस्थामा फेला परेका कोइरालाको उपचार नर्भिकमा भइरहेको थियो ।
मेयर ब्याञ्जुले डाक्टरहरुलाई उधृत गर्दै दिएको जानकारी अनुसार, वडाध्यक्ष कोइरालाको निधन कुटपिटबाट भएको हुन सक्ने अनुमान गरिएको छ ।
‘ब्याञ्जुले भने–‘ घटनाको प्रकृति हेर्दा चोटपटक लागेको छ । घटनजास्थलमा रगत बगेको देखिन्छ ।’
धुलिखेल रवीओपीका बासिन्दा कोइरालालाई बेहोस अवस्थामा भेटेर स्थानीयले उद्धार गरी अस्पताल पुर्याएका थिए । अहिलेसम्म शंकास्पद कोही पनि पक्राउ परेका छैनन् ।
कोइरालाको देब्रे कानको छेउमा चोट लागेको थियो । चोटका कारण उनको ब्रेन फुटेको थियो ।
प्रतिक्रिया