Prachand dissatisfied with the Prime Minister’s visit to India
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ भाद्र १२ सोमबार । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको क्रममा गरेका समझदारीमा असन्तुष्ट व्यत्त गरेका छन् ।
फेरी संविधान संशोधन गर्ने र कोशीमा उच्च बाधँ बाँध्ने समझदारीमा देउवाले दिएको अभिव्यक्तिमा माओवादी केन्द्रले असन्तुष्ट जनाएको छ ।
सोमबार बिराटजगरमा पत्रकारहरुसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाल र भारतबाट जारी संयुक्त वक्तव्यमा कोशी बाँधको विषय उल्लेख भएको र त्यसलाई राख्न आवश्यक नभएको बताए । र काठमाडौं फर्केपछि प्रधानमन्त्रीसँग छलफल गर्ने बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिले संविधान संशोधन आवश्यक नै नभएको पनि बताए ।
प्रचण्डले भने ‘प्रधानमन्त्रीले कुन सन्दर्भमा के बोल्नुभो, आधिकारिक जानकारी छैन । तर, अहिले संविधान संशोधन हुँदैन, यो छिमेकीसँग समझदारी गर्ने कुरा पनि हैन, देशलाई आवश्यक परे फेरि बहस गरौंला । तर, अहिले यो बहस आवश्यक नै छैन ।’
पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले बिराटनगरमा राखिएको भारतीय क्याम्प हटाउनुपर्ने कुरामा माओवादी केन्द्र स्पष्ट रहेको बताए ।
अध्यक्ष प्रचण्डले अहिलेको मिसन निर्वाचन भएकाले माओवादी त्यसमा केन्द्रित भएको र सत्ता परिवर्तनबारे कुनै ध्यान नदिएको दाबी गरे ।
प्रतिक्रिया