Bisal Chautari Logo

किराँत कुलुङ भाषाको गीत लिएर आए क्षितिज (भिडियो सहित)

- १२ भाद्र २०७४, सोमबार ०६:३३ मा प्रकाशित


Kshitiz Kulung new song Chumsiwa Pokto
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ भाद्र १२ सोमबार । सम्पुर्ण रुपमा किराती (कुलुङ) भाषा समावेश भएको गीति सामग्री ’चुम्सिवा पोक्तो’ सार्वजनिक भएको छ । पछिल्लो समय विभिन्न जाती तथा समुदायले आफ्नो आफ्नो संस्कृति र संस्कार बोल्ने सामग्रीहरु बाहिर ल्याउने क्रम बढ्दो हुादा गायक क्षितिज कुलुङले किराती भाषामा नयाा गीत सार्वजनिक गरेका हुन् ।
ग्रामिण भेगको एक विपन्न परिवारमा आमाको पीडालाई निर्मुल पार्न दाजु बहिनिले गरेको संघर्षको कथा गीतले बोल्छ । समाजसेवामा सकृय युवा टंक कुलुङ र अरुणा कुलुङ मुख्य फिचर हुदा आमाको भुमिका चम्फामनी कुलुङले निभाएकी छिन् ।
हरि कुलुङको शब्द समावेश गीतको भिडियोलाई राजकुमार कुलुङले सम्पादन तथा निर्देशकको काम गरेका छन् । पछिल्लो पटक कुलुङ परिवारको पीडा वेदना बोकेर बाहिर आएका टंकले छिट्टै नै पुन: आफनै संस्कृति बोल्ने अर्को गीत लिएर दर्शकमाझ आउने बताए ।

Chumsiwa Pokto – New Kulung Song by Kshitiz Kulung Ft. Tanka, Aruna


Song: Chumsiwa Pokto
Singer: Kshitiz Kulung
Lyrics: Hari Kulung
Music: Bhim Kulung
Arranger: Kshitiz Kulung
Cast: Tankaraj Hongelu, Aruna Kulung, Champa Mani Kulung, Kankaist Chamling
Studio: V Records
Script: Rajkumar Hongelu
Camera: Rajkumar, Naren
Edit: Rajkumar Hongelu
Camera: Rajkumar, Naren Kulung
Producer: TR Hongelu, Kshitiz Kulung
Direction: Rajkumar Hongelu

प्रतिक्रिया