Bisal Chautari Logo

नेकपा माओवादीले बिघटन गर्यो हेडक्वाटर

- १२ भाद्र २०७४, सोमबार ०७:१६ मा प्रकाशित


Maubadi decomposition headquarter
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ भाद्र १२ सोमबार । नेकपा माओवादी केन्द्रले केन्द्रीय कार्यालय (हेडक्वाटर) बिघटन गरेको छ । माओवादीको हिजो बसेको ‘हेडक्वाटर’ को अन्तिम बैठकले ‘हेडक्वाटर’ नै विघटन गरेको छ । यो ३४ सदस्यीय थियो । अब यसको ठाँउमा केन्द्रीय सचिवालय हुने छ । केन्द्रीय सचिवालयमा ९९ सदस्यीय हुनेछ ।

पार्टी अध्यक्ष प्रचण्ड पश्चिम नेपालको भ्रमण गरी आइतबार काठमाडौं फर्किएलगत्तै हेडक्वाटर बैठक बसेको थियो । सोही बैठकले हेडक्वाटर बिघटन गर्ने निर्णय गरेको हो ।
‘हेडक्वाटर’ विघटन भएपछि एकता प्रक्रियामा आएका देवेन्द्र पौडेल र रामचन्द्र झा लगायतका अन्य नेताहरु केन्द्रीय सचिवालयका सदस्य हुनेछन् । अब एकता प्रक्रियामा आउने अन्य नेताहरु पनि सचिवालय सदस्य हुनेछन् । रुपान्तरित सचिवालयको बैठक भदो १६ मा बस्ने भनिएको छ ।

प्रतिक्रिया