Step mother kill two sons
विशाल चौतारी समाचार
गुल्मी, २०७४ भाद्र १२ सोमबार । गुल्मीको हाडहाडे गाविसमा सौतेनी आमाले दुई बालकको हत्या गरेकी छन । गत ५ गते राती करेण्ट लागेर मृत्यु भएको भनिएका ति बालकहरुको सौतेनी आमाले हत्या गरेको खुलेको हो ।
फाइल फोटो
२५ बर्षिय शान्ता पुनले सात बर्षीय बालक विबेक पुन र पाँच बर्षीय बालक बिक्रम पुनको हत्या गरेका हुन ।
आफूले सौतेला छोराहरुलाई योजनाबद्ध तरिकाले हत्या गरेको बताएकी छन् । आफ्नी जेठी सौताका छोराहरु ७ वर्षीय बिबेक पुनको बेलुका विष सेवन गराई हत्या गरेको र ५ वर्षीय बिक्रम पुनको विहान मुख थुनेर हत्या गरेको स्विकारेकी छिन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक रबिन्द्र रेग्मीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतिक्रिया