Bisal Chautari Logo

उज्यालोको हिरो, कुलमानलाई हटाउन ऊर्जा मन्त्रीले गुहारे अख्तियार

- १३ भाद्र २०७४, मंगलवार ०९:०६ मा प्रकाशित


Energy Minister is anodyne kulman
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ भाद्र १३ मंगलबार । उज्यालोको हिरो भनेर चिनिन्छन् कुलमान घिसिङ, जसले दैनिक १२ घन्टाभन्दा बढी हुने गरेको लोडसेडिङ अन्त्य गरेका छन। लोटसेटिङको अन्त्या गरेर सबैको लोकप्रिय बनेका र चर्चा कमाएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन ऊर्जामन्त्रीदेखि प्राधिकरणका उच्च कर्मचारी लागि परेका छन् ।
लोडसेडिङ सधैंका लागि अत्य गरी ‘उज्यालो नेपाल’ बनाउने अभियानमा लागेका घिसिङ र उनका सहयोगीको सम्पत्ति छानबिन गर्न आयोगमा निवेदन दिएको खुुलासा भएको छ । घिसिङ, राजीव शर्मा, प्रबल अधिकारीलगायत प्राधिकरणका उच्च तहका ६ जना कर्मचारीविरुद्ध निवेदन दिइएको अख्तियार स्रोतको भनाइ छ । घिसिङ र उनका सहयोगीलाई व्यक्तिगत तथा पारिवारिक सम्पत्ति विवरण फारम भर्न लगाउने र गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा पदच्युत गर्ने ऊर्जामन्त्रीको योजना । घिसिङलाई हटाउने अन्य उपाय नभएपछि ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले अख्तियारलाई गुहारेका हुन् ।
ऊर्जामन्त्री शाही निकटकाले घिसिङ र उनका सहयोगीलाई व्यक्तिगत तथा पारिवारिक सम्पत्ति विवरण फारम भर्न लगाउने र गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा पदच्युत गर्न सकिने सुझाव दिएका छन् ।
तत्कालीन माओवादी नेतृत्वको सरकारले लोडसेडिङ अन्त्य र दिगो विद्युत् विकासलाई गति दिन भन्दै घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो । उनी त्यस बेला प्राधिकरणकै ११ औं तहमा काम गरिरहेका थिए ।
ऊर्जामन्त्री शाही र उनी निकटकाले ऊर्जा मन्त्रालयमा कांग्रेसका नेता ल्याउन खोजेको आरोप घिसिङमाथि लगाएका छन् । यही कारण उनीहरु घिसिङलाई हटाउने योजनामा रहेको स्रोतले बतायो । कांग्रेस नेतृत्वमा सरकार गठन भएपछि ऊर्जा मन्त्रालय कसको भागमा पर्ने भन्ने कुरा निकै चासोको विषय बनेको थियो । माओवादीको भागमा उक्त मन्त्रालय परे अहिलेका ऊर्जामन्त्री शाही मन्त्री हुने निश्चित थियो । घिसिङले शाही ऊर्जामन्त्री भए भने काम गर्न असजिलो हुने भन्दैे कांग्रेस निकटका व्यक्तिलाई उक्त मन्त्रालय दिन लबिङ गरेको आरोप लागेको छ ।
ऊर्जामन्त्री शाहीले घिसिङलाई काम गर्न नसकेको आरोप लगाउँदै आएका छन् । उनले केही दिनअघि मन्त्रालयमा आयोजित समीक्षा बैठकमा ‘हाफ सर्टमा आएको’ भन्दै घिसिङलाई हकारेका थिए । उनले घिसिङकै कारण ट्रान्सफर्मर खरिद प्रक्रियामा आफू अनुकूल निर्णय गर्न नसकेको गुनासो गर्दै आएका छन् ।
घिसिङले आठ अर्बभन्दा बढी नोक्सानीमा रहेको प्राधिकरणलाई नाफामा लैजाने योजना बनाएका छन् । गत असार मसान्तसम्म नोक्सानी एक अर्बमुनि झरेको छ । घिसिङले लोडसेडिङ हटाउन अगाडि सारेका सबै काममा अवरोध हुन थालेको छ।

प्रतिक्रिया