nepali news
विशाल चौतारी समाचार
राजविराज, २०७४ भाद्र १४ बुधबार । सप्तरीको राजविराज नगरपालिका–१० स्थित हरिहरपुरमा मंगलबार साँझ करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ ।
फाइल फोटो
मृत्यु हुनेमा सोही नगरपालिका बस्ने ३२ वर्षीय नन्दकिसोर यादव रहेको वडा प्रहरी कार्यालय राजविराजले जनाएको छ । करेसाबारीमा विद्युतीय मोटरबाट पानी पठाउने क्रममा यादवलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर सिकिस्त भएका उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल लैजाँदा लैजाँदै बीच बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस
प्रतिक्रिया