Bisal Chautari Logo

निर्वाचन मिति सारे सरकारले, प्रदेश र संसदको निर्वाचन २ चरणमा हुने

- १४ भाद्र २०७४, बुधबार ०७:२३ मा प्रकाशित


The state and Parliament elections will be held in 2 stages
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ भाद्र १४ बुधबार । सरकारले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । पहिलो चरणको मंसिर १० मा र दास्रो चरणको मंसिर २१ गते अर्को मिति तय गरेको छ ।
                                                                                                                                   फाइल फटो

बुधबार बसेको मन्त्रीपरिषद् बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा दुई चरणमा निर्वाचन गर्ने गरी दोस्रो चरणको निर्वाचन मिति मंसिर २१ गते सारेका हुन ।
यसअघि मंसिर १० गते दुबै चरणको निर्वाचन एकै मितिमा मंसिर १० म ागर्ने निर्यण गरेको थियो । सरकारले चुनाव दुई चरणमा गर्ने निर्णय गरे पनि कहाँ कुन चरणमा गर्ने भन्नेबारे भने केही निर्णय गरेको छैन ।
बैठकले प्रदेश प्रमुख र प्रदेशको राजधानीको बारेमा राजनीतिक सहमतिका आधारमा छलफल गरी निर्णय गर्ने र संवैधानिक परिषदबाट पदाधिकारी सिफारिस गर्ने गरी राष्ट्रिय प्रकृति तथा वित्त आयोग गठन गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।
बैठकले एसियाली विकास बैकबाट भन्सार क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि प्राप्त १५ अर्ब ४८ करोड ऋण अनुदान सहायता स्वीकार्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया