Bisal Chautari Logo

एकैदिन तीन ठाउँमा चोरी

- १५ भाद्र २०७४, बिहीबार १०:०१ मा प्रकाशित


Three stolen one day
विशाल चौतारी समाचार
राजविराज, २०७४ भाद्र १५ बिहिबार । सप्तरीको खडक नगरपालिका–९ र १० मा गएराति एकैचोटि तीन ठाउँमा चोरी भएको छ ।
                                                                                                                                  फाइल फोटो

सोही नगरपालिकाको इनवा फुलबडियाका रामाकान्त चौधरीको घर र लालपट्टि टोलका इबराहिम तथा हरि चौधरीको घरमा शृंखलाबद्धरुपमा चोरी भएको स्थानीयवासी वीरेन्द्र साहले जानकारी दिए ।
चोरले उनीहरुको घरमा रहेको नगद जिन्सीसहित सुनचाँदीका गरगहना र भाँडावर्तन गरी रु १० लाख मूल्य बराबरको सामान चोरी भएको पीडितले बताएका छन् ।
सो क्षेत्रमा दुई महिनादेखि लालपुर, बरहा बनौली, फुलबडियासहितका गाउँमा चोरी गर्ने चोर सक्रिय रहेको बताइएको छ । चोरी गर्ने समूहको खोजी भइरहेको इप्रका कल्याणपुरले जनाएको छ । रासस

प्रतिक्रिया