Advance ticket booking
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ भाद्र १६ शुक्रबार । सरकारले दशैंका लागि राजधानी बाहिर जाने जनताका लागि भदौ २२ गतेदेखि सवारीको अग्रिम बुकिङ खोल्ने निर्णय गरेको छ ।
यातायात व्यवस्था विभाग, व्यवसायी, ट्राफिक प्रहरी तथा उपभोक्ता मञ्चबीच शुक्रवार भएको सर्वपक्षीय छलफलमा आगामी २२ गतेदेखि टिकट बुकिङ खुलाउने सहमति भएको हो।
बसका क्यारियरमा मान्छे राख्न पाइने छैन। मान्छे वा कमर्सियल सामान राखेमा जुनसुकै कारबाही भोग्न आफूहरु तयार रहेको व्यवसायीहरुले बताएका छन्। यदी क्यारियरमा मान्छे राखेमा इजाजत पत्र नै खारेज गर्ने यातायात व्यवस्था विभागले जनाएको छ।
मध्यम र लामो दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ सेवा सञ्चालन गर्न लागिएको हो । सरकारले हरेक वर्ष सर्वसाधारणको सुविधाका लागि दशैंअघि राजधानी छाड्नेहरुलाई अग्रिम बुकिङको सुविधा दिइरहेको छ ।
प्रतिक्रिया