Ranjit Tamang won the chairman of the All-Revolutionary
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ भाद्र १७ शनिबार । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षमा रञ्जित तामाङ विजयी भएका छन् । २१ औं राष्ट्रिय सम्मेलनमा भएको निर्वाचनबाट तामाङ विजयी भएका हुन् ।
आज बिहान सम्पन्न मतगणनामा तामाङले ८४५ र उनका प्रतिस्पर्धी अनिल शर्माले ८२२ ल्यएको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिए । यो संगठनकै इतिहासमा पहिलोपटक निर्वाचन भएको हो ।
यसैगरी खुला उपाध्यक्षमा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम विजयी भएको छ । यस्तै महिला उपाध्यक्षमा पञ्चा सिंह, जनजाति उपाध्यक्षमा दीपेश पुन र मधेशी उपाध्यक्षमा रविकिरण यादव तथा महासचिवमा उत्तम अधिकारी र कोषाध्यक्षमा केशव रावल निर्वा्चित भएको निवर्तमान अध्यक्ष नरेन्द्र न्यौपानेले जानकारी दिए ।
महासचिवमा खेमबहादुर सिंहलाई पछि पार्दै उत्तम अधिकारी निर्वा्चित भएका छन् ।उपमहासचिव जीपी मैनाली, तुकमान महरा निर्वा्चित भएका छन् । आशा तमु यसअघि नै महिला कोटाबाट निर्विरोध उपमहासचिव चुनिएकी थिइन् ।
कोषाध्यक्षमा केशव रावल विजयी भएका छन् । खुला सचिवमा डीबी साउद र नरेश रेग्मी तथा महिला सचिवमा गंगा दाहाल विजयी भएका छन् । विभिन्न क्लष्टरहरुबाट अखिल क्रान्तिकारीका १६ जना सचिव चुनिएका छन् ।
प्रतिक्रिया