Bisal Chautari Logo

प्रधानाध्यापकले अन्याया गरेपछि, न्याय खोज्दै विद्यार्थी सदरमुकाममा

- १९ भाद्र २०७४, सोमबार ०९:२६ मा प्रकाशित


Students looking for justice
विशाल चौतारी समाचार
जाजरकोट, २०७४ भाद्र १९ सोमबार । बाल उच्च मावि छेडागाड–११ का विद्यार्थी न्याय माग्दै सदरमुकाम पुगेका छन् । प्रधानाध्यापक पृथ्वीबहादुर सिंहले कक्षा कोठामा कुटपिट गरी मानसिक यातना दिएको भन्दै उनीहरु सदरमुकाम पुगेका हुन् ।
आफूलाई प्रधानाध्यापक भएको स्वीकार गर्न दबाब दिँदै सिंहले स्वीकार नगर्ने विद्यार्थीलाई कुटपिट गरेको कक्षा ८ मा अध्ययनरत ललित सिंहले बताए ।
सिंहले आफूलाई प्रधानाध्यापकमा स्वीकार नगर्नेलाई विद्यालयबाट निष्काशन गर्नेसम्मका धम्की दिँदै कुटपिट गरेको सदरमुकाममा न्याय माग्दै आएका कक्षा १० का विद्यार्थी लोकेन्द्र भारतीले बताए ।
संहकी श्रीमती साधना शाहीले पनि श्रीमान्ले गरेको निर्णय नमानेलाई घरमै गएर कुटपिट गर्ने धम्की दिँदै विद्यार्थीलाई कुटेको भारतीको गुनासो थियो। विद्यालयमा सिंह अनुदानका शिक्षक हुन। सो विद्यालयमा स्थायी शिक्षक अन्य तीनजना भए पनि विद्यालय व्यवस्थापन समितिले सिंहलाई साउन २६ गते प्रधानाध्यापक बनाएको थियो भने जिल्ला शिक्षा कार्यालयले साउन २२ गते विनोदकुमार शाहलाई प्रधानाध्यापकको पत्र दिएको थियो ।

वरिष्ठताका आधारमा बद्रीनाथ योगी प्रधानाध्यापक हुनुपर्ने अन्य शिक्षकको भनाइ छ । यता विद्यालय व्यवस्थापन समितिले भने विद्यार्थीको पढ्ने काम हो तर शिक्षक को ठीक, को बेठीक भनेर छुट्याउने काम नभएको प्रतिक्रिया दिएको छ । नतिजा आफ्नो पक्षमा ल्याउनका लागि विद्यार्थीलाई प्रयोग गरिएको विद्यालय व्यवस्थापन समितिको दाबी छ । रासस

प्रतिक्रिया