Bisal Chautari Logo

टिकटको विषयालाई लिएर कांग्रेसका कार्यकर्ताबीच खुकुरी हानाहान, १० जना घाइते

- २१ भाद्र २०७४, बुधबार ०९:५८ मा प्रकाशित


Controversy between Congress workers
विशाल चौतारी समाचार
सिराह, २०७४ भाद्र २१ बुधबार। स्थानीय तह तेस्रो चरणको निर्वाचनको लागि उम्मेदवार छनौटको विवादले नेपाली कांग्रेस जिल्ला पाटि कार्यलया सिराहामा कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ । मेयरको टिकट पाएका डा. सुभाषचन्द्र यादव र असन्तुष्ट उपेन्द्र यादव पक्षबीच झडप भएको हो ।
                                                                                                                           फाइल फोटो

दुई पक्षबीच भएको झडपमा १० जना घाइते भएका छन् । घाइते हुनेहरुमा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति संजय यादव, बुधन यादव, देबनाथ सहनी, राजेश्वर यादव, रामबाबु यादव, अरुण यादव, जगदिश यादव लगायत कार्यकर्ता घाइते छन् ।घाइतेहरुको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ ।
उम्मेदवारी दर्ता गर्ने क्रममा पार्टी सचिव उपेन्द्र यादवले सुवाचन्द्रको विरोध गरेपछि विवाद सृजना भएको थियो ।यादवले सिरहा नगरपालिकामा मेयरको दाबी गरेका थिए । विवादले उग्ररुप लिँदा खुकुरी हानाहान भएको हो
प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले झडपस्थललाई प्रहरीले आफ्नो नियन्त्रणमा लिइसकेको बताए ।कांग्रेसले सिरहा नगरपालिकाकमा मेयरको टिकट डा. सुभाषचन्द्र यादवलाई दिएको छ ।

प्रतिक्रिया