Bisal Chautari Logo

पर्सिसम्म नेपाल आइडलको भोट गणना गर्न नपाउने, अदालतको आदेश

- २१ भाद्र २०७४, बुधबार १२:४५ मा प्रकाशित


Nepal idol news
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ भाद्र २१ बुधबार। एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएको रियालटी शो ‘नेपाल आइडल’लाई काठमाण्डौँ जिल्ला अदालतले भदौ २३ गते बिहानको १० बजे भोटिङ लगायत कार्यक्रमका सबै सक्कल फाइल लिएर अदालतमा उपस्थित हुन भनेको छ।
आयोजकले रुचाएका व्यक्ति बाहिरिने भएपछि एकपक्षीय रुपमा समय बढाएको भन्दै यज्ञमणि न्यौपाने लगायतले सबै प्रतिपर्धीलाई आउट नगरी पुनः भोटिङ आहृवान गर्ने निर्णय खारेज गर्न माग गर्दै अदालतमा रिट दायर गरे ।
रिटको प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश दिवाकर भट्टको इजलासले दुबै पक्षलाई छलफलका लागि पर्सि २३ गते बोलाएको छ ।
जिल्ला अदालतका न्यायधीय दिवाकार भट्टको एकल इजालशले नेपाल आइडल विरुद्ध परेको रिटमा सुनुवाइ गर्दै बुधवार यस्तो आदेश दिएका हुन्।

प्रतिक्रिया