Bisal Chautari Logo

शिक्षण पेसा छाडी तरकारी खेतीमा

- २३ भाद्र २०७४, शुक्रबार ११:२७ मा प्रकाशित


Teaching left Farming star
विशाल चौतारी समाचार
जितपुर (कपिलवस्तु), २०७४ भाद्र २३ शुक्रबार। वाणगंगा नगरपालिकाका दुई शिक्षक शिक्षण पेसा छाडी तरकारी खेतीमा लागेका छन् ।
                                                                                                                                  फाइल फोटो

तीन वर्ष एउटै निजी विद्यालयमा शिक्षण पेसा अँगालेका वाणगंगा–७ वनगाईका विष्णु पौडेल र ३ झुँगाका भास्कर पँगेनी अहिले तरकारी खेतीमा रमाएका छन् । शिक्षण पेसामा भन्दा तरकारी खेतीमा मनग्य आम्दानी हुन थालेपछि उनीहरू तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।
वाणगंगा–३ झुँगाका ठाकुर ढकाल र राजमणिको दुई बिघा जमिन वार्षिक रु ७५ हजार तिर्ने गरी उनीहरूले भाडामा लिई व्यावसायिक तरकारी खेती सुरु गरेका हुन् । लौका, घिरौँला, भिन्डी, बोडी, काँक्रा बिक्री गरी चार महिनामै रु एक लाख ५० हजार आम्दानी भएको छ ।
“शिक्षण पेसाभन्दा तरकारी खेतीबाट खुसी मिलेको छ,” पौडेलले बताए । उनीहरूले १६ कट्ठामा लौका, बोडी, काँक्रा तथा १४ कट्ठामा भन्टा, फर्सी, खुर्सानी लगाएका छन् । करिब रु ८० हजारको लागतमा तरकारी खेती सुरु गरेका पौडेल र पँगेनीले मासिक रु दश हजार ज्याला दिई सहयोगीसमेत राखेको छ ।
लौका प्रतिकलो रु २०, बोडी रु ८०, भन्टा रु ३०, काँक्रा र घिरौँला रु ३५ का दरले बजारमा पु¥याई बिक्री गर्ने गरेका पँगेनीले बताउनुभयो । अहिलेसम्म रु पाँच लाखभन्दा बढी लगानी गरेको बताए। उनीहरू कामदार नपाएर चिन्तित बनेका छन् । कामदार अभावले १० कट्ठामा धानबाली लगाएका छन् । रासस

प्रतिक्रिया