Bisal Chautari Logo

बिभिन्न कार्यक्रमका गरी बिपीको १०४ औं जन्मजयन्ती आज मनाइदैं

- २४ भाद्र २०७४, शनिबार ०३:५२ मा प्रकाशित


B.P’s 104th birth anniversary is celebrated by various programs 
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ भाद्र २४ शनिबार। विश्वेश्वरप्रसाद कोइरालाको १०४ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पु¥याएका नेपालका प्रथम जननिर्वा्चित प्रधानमन्त्री हुन ।
१९७१ साल भदौ २४ गते जन्मिएका कोइराला क्रान्तिद्रष्टा, सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका धनी हुनुका साथै साहित्यमा अराजक र राजनीतिमा व्यवहारवादी थिए । उनले २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेका थिए ।
राणा शासन अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्ने २००७ सालको क्रान्तिको नेतृत्व गरेका कोइराला २०१५ सालमा भएको पहिलो आम चुनावपछि जननिर्वा्चित पहिलो प्रधानमन्त्री बनेका थिए ।
स्वर्गीय कोइराला नेपाली राजनीतिमा मात्र नभई साहित्यका फाँटमा पनि त्यतिकै चर्चित छन् । कोइरालाका आत्मकथा, जेल जर्नल, दोषी चस्मा, यहूदी र हिटलर, सुम्निमा, मोदीआइन, श्वेत भैरवी, तीन घुम्ती, नरेन्द्र दाईलगायतका थुप्रै बहुचर्चित कृति प्रकाशित छन् । घाँटीको क्यान्सरका कारण २०३९ साल साउन ६ गते उनको निधन भएको थियो ।

प्रतिक्रिया