Women also take the leadership of the local level
विशाल चौतारी समाचार
महोत्तरी,२०७४ भाद्र २४ शनिबार। महोत्तरीको दलित समुदायका महिला स्थानीय तहको नेतृत्व लिनका लागि अगाडि बढेका छन् ।
२० वर्षपछि २ नं– प्रदेशमा तेस्रोचरणमा हुन लागेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गराएका उनीहरुले स्थानीय तहको विकास लागि निर्वाचनमा सहभागी भएको जनाएका छन् ।
वर्षौदेखि ऐलानी जग्गामा बसोबास गर्दै आएकी गौशाला नगरपालिका– ११ की फूलकुमारी सदा आजभोलि दिनभरि नै मत माग्नमा व्यस्त देखिएकी छिन् । आफू दलित समुदायको भएकाले समाजमा सदियौँदेखि कायम रहेको भेद्भाव, छुवाछुत र विकास नै आफ्नो मुख्य एजेण्डा रहेको ३८ वर्षीया प्रमुखकी उम्मेदवार सदाले बताए ।
यता राप्रपाबाट वडा सदस्यमा गौशाला नगरपालिका– ११ बाट उम्मेदवारी दिनुभएकी ६५ वर्षीया कुल्फीदेवी सदाको इमान्दारीपूर्वक काम गर्ने भनि भोट माग्दै आएका छन् । श्रीमान् वैदेशिक रोजगारमा गएको तीन बच्चाकी आमा फूलझरदेवी सदाको दिनचर्या आजभोलि जनताको घरदैलोमा बित्ने गरेको छ । ऐलानीमा बसोबास गर्दै आए पनि आफू जनताको सेवामा दिनरात रहने प्रतिवद्धता छ ।
घरबाट घुम्टो ओढेर बहिर निस्किने मधेशी समुदायका महिला इच्छुक भएर स्थानीय तहको निर्वाचनमा सहभागी हुनु भनेको समाजबाट महिला हिंसा अन्त्य हुनु सरह रहेको गौशाला नगरपालिका– ११ की शिक्षिका सुनिता कुमारीको धारणा छ । शिक्षाको कारण मधेशी महिलाको यस्तो हौसलालाई सबैले सम्मान गरिनुपर्ने शिक्षिका सुनिताले सबैसँग आग्रह गरेकी छिन् ।
समाजमा घर गृहस्थी राम्ररी सम्हाल्नसक्ने महिला निश्चित नै स्थानीय तहको विकास निर्माण कार्यमा सफलता हासिल गर्नमा सक्षम हुने महिला अधिकारकर्मी शारदा थापाले बताए । रासस
प्रतिक्रिया