Bisal Chautari Logo

२७ गतेदेखि टिकट बुकिङ , पुरानै भाडादरमा घर जान पाउने

- २५ भाद्र २०७४, आईतवार ०८:५१ मा प्रकाशित


Bus rental for dashain
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ भाद्र २५ आइतबार । दसैँका लागि पर्सि मंगलबारदेखि यातायात व्यवसायीहरुले अग्रिम बस टिकट बुकिङ खुला गर्ने भएका छन् ।  टिकट बुकिङ नखोल्ने व्यवसायीलाई कारवाही गर्ने चेतावनी दिएको छ ।
पूर्व सहमति विपरित टिकट बुकिङ नखुलाएर भाडामा बार्गेनिङ गर्ने काम गरे त्यस्ता सवारी संचालकलाई कारवाही गरिने जनाएको हो । बडा दशैको अवसरमा यात्रुहरुलाई सहज यात्राको अवसर जुटाउनका लागि २२ गते देखि टिकट बुकिङ खुलाउने निर्णय गरेको थियो ।
तर सहमति विपरित बस व्यवसायीले टिकट बुकिङ नखुलाएपछि विभागले कारवाही गर्ने तयारी गरेको हो । सहमति अनुसार व्यवसायीले अब बसमा छत राख्न पाउने छन् । तर राखिएको छतमा यात्रुका सामान मात्रै राख्न पाइने छ । यदी यात्रु राखेको पाइएमा इजाजत नै खारेज हुनेसम्मका कारबाही हुने छ ।
सहमती पश्चात यात्रुहरु पुरानै भाडादरमा घर जान पाउने भएका हुन् । छठ पर्वअघि भाडा समायोजन नगरिने भएपछि यात्रुहरु पुरानै भाडादरमा घर जान पाउने यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए ।
‘छठ पर्वअघि भाडा समायोजन हुँदैन, त्यसपछि समायोजन हुँदा भाडा घट्न पनि सक्छ र बढ्न पनि सक्छ’ उनले भने । तोकिएभन्दा बढी भाडा नदिन उनले सर्वसाधारणलाई आग्रह समेत गरे । यसअघि बस भाडा समायोजनका लागि अध्ययन गर्न भनेर एक समिति गठन भएको थियो ।
चाडपर्वअघि भने पुरानै भाडादरमा यात्रु घर जान पाउने सिटौलाले बताए । सवारीसाधनको प्रकार अनुसारका भाडादर यसअघि नै तोकिएको छ, तोकिएभन्दा कसैले बढी भाडादर नतिर्नुहोला’ सिटौलाले सुझाव दिए ।

 

प्रतिक्रिया