A fire in the businessman’s car
विशाल चौतारी समाचार
रत्ननगर, २०७४ कात्तिक ०७ मंगलवार । एक व्यवसायीको गाडीमा आगजनी भएको छ ।
गए राति एक्कासि गाडीमा आगजनी भएको पाइएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । भरतपुर महानगरपालिका–१२ का बासिन्दा जग्गा व्यवसायी मनोज श्रेष्ठको बा १८ च ५४९ नंको गाडीमा आगजनी भएको हो । आगोले गाडीको अधिकांश भाग जलेको छ ।
घटना कसले गराएको हो भन्ने नखुलेकाले अनुसन्धान भइरहेको थापाले जानकारी दिए । गाडीको ट्यांकीबाट आगो सल्किएको उनको भनाइ छ । रिक्सा चालकले आगो लागेको देखेपछि घटना थाहा भएको हो । रासस
प्रतिक्रिया