Kangana-Ranaut-movie-Revolver-Raniएजेन्सी मुम्बई, ९ बैशाख । बलिउड क्विन कंगना रानावतको पछिल्लो चलचित्र ‘रिवाल्बल रानी’ रहेको छ । केही समय अगाडी रिलिजमा आएको चलचित्र ‘क्वीन’को सफलतापछि अभिनेत्री कंगनालाई आत्मविश्वास बढेको छ, यहि आत्मविस्वासका कारण चलचित्र ‘रिवाल्बल रानी’को प्रोमोशनमा कुनै कसर बाकि राखेकी छैनन् । केही दिन अगाडी मात्र अभिनेत्री कंगना यहि चलचित्रको प्रोमोशनमा मुम्बइको फिल्मालय स्टुडियो पुगेकी थिइन् ।

अभिनेत्री कंगनाको साथ वीर दासपनि उपस्थित रहेका थिए । वीरले यहि चलचित्रमा अभिनेत्री कंगनाको साथ लीड रोल निभाएका छन् । उनी चलचित्रको प्रोमोशनमा कुनै मेकअप नगरीकन, साधारण किसिमले उपस्थित भएकी थिइन् । यती मात्र होइन, उनी कार्यक्रममा चप्पलमै उपस्थित भएकी थिइन् ।


प्रतिक्रिया