Bomb blast
विशाल चौतारी समाचार
रुकुम, २०७४ कात्तिक २४ शुक्रवार । बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरीे बम प्रहार गरेको छ । रुकुमका चौरजहारी नगरपालिका–८, को गोइरीमा २ वटा बम प्रहार गरिएको हो । बम प्रहार भएपनि कुनै घटना भएको छैन ।
फाइल फोटो
चौरजहारी उपत्यकाको चुनावी सभा, घेरदैलो र भेटघाट सकेर सानीभेरी गाउँपालिकाको सिम्ली आउँदै गरेको प्रचार टोली माथि सडकमाथिबाट सुतली बम प्रहार भएको उम्मेदवार शर्माका सहयोगी बसन्त शर्माले जानकारी दिए ।
बम कसले हानेको भन्ने पहिचान नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रमुख डिएसपी राजेन्द्रप्रसाद धमलाले घटनामा संलग्न समूह र व्यक्तिको खोजी भइरहेको बताए ।
यसैबीच उम्मेदवार शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी भएको बम प्रहारको कार्यप्रति एमाले–माओवादी पार्टी एकता संयोजन समिति रुकुम (पश्चिम)ले विरोध गरेको छ । एक विज्ञप्ती जारी गरी समितिले उम्मेदवारलाई लक्षित गरी बम प्रहार गर्नु देशको विकास र समृद्धिको विरुद्ध भएको बताएको छ ।
प्रतिक्रिया