By calling, the top is the bomb inside
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ मंसिर ०५ मंगलवार । देशको जताततै बम विस्फोट भइरहेको बेला सर्वोच्च अदालतको टोल फ्री नम्बरमा अज्ञात व्यक्तिले फोन गरेर सर्वोच्च भित्र बम छ भनेका छन् । परिसरमा बम रहेको बताएपछि प्रहरीको टोलीले बम खोजीको गरिरहेको छ ।
फाइल फोटो
प्रहरी स्रोतका अनुसार काठमाडौंको लगनबाट अज्ञात व्यक्तिले फोन गरी बम रहेको सूचना दिएका थिए । बम रहेको सूचना पाएपछि सर्वोच्च अदालतका अधिकारीहरुले प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी प्रभाग सिंहदरबारको टोलीले अहिले बमको खोजी गरिरहेको छ । सर्वोच्च परिसरमा बम रहेको हल्ला चलेसँगै त्यहाँ कामको सिलसिलामा पुगेकाहरुबीच त्रास फैलिएको छ ।
प्रतिक्रिया