Bisal Chautari Logo

तिङलामा कर्मचारीहरु आएर बुथ कुर्ने काम मात्र, एउटै पनि भोट खसेन

- १० मंसिर २०७४, आईतवार ०८:३१ मा प्रकाशित


One vote in the election
विशाल चौतारी समाचार
सोलुखुम्बु,२०७४ मंसिर १० आइतवार । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका- ६ मा चुनावको बहिष्कार गरेको छ । स्थानीय तहको निर्वाचन पनि बहिष्कार गरेको तिङलाले प्रदेश र प्रतिनिधिसभाको चुनाव पनि बहिष्कार गरेको हो ।
पुर्नसंरचनाको सिमांकनबाट असन्तुष्ट हुँदै आन्दोलनमा उत्रिएका उनीहरुले चुनाव बहिष्कार गर्दै आएका हुन् । स्थानीय अगुवा नैनबहादुर कार्कीले भने ‘हामीले एक भोट पनि खसाउँदैनौं । यो हाम्रो सामूहिक अडान हो, आज पनि कुनै भोट खस्दैन । कर्मचारीहरु आएर बुथ कुर्ने काम मात्र भएको छ ।’
तिङला २ हजार ४ सय ७६ मतदाता रहेका छन् । गत साता मात्र तिङलाबासीको बृहत भेलालले ‘नो भोट’को नारा सहित चुनाव वहिष्कार गर्ने निर्णय गरेका थिए । स्थानीय तहमा भने उनीहरुले ‘नो भोट, नो क्यान्डिडेट नारा राखेका थिए । अहिले तिङला वडाअध्यक्ष समेत बिहिन अवस्थामा छ ।

प्रतिक्रिया