bijay lama
काठमाडौं, ४ बैशाख । नेपाली सांगीतिक क्षेत्रको पप आधुनिक गायनमा फरक धारमा रहेर दर्शकहरुमाझ बेग्लै स्थान बनाउन सफल चचिर्त गायक बिजय लामा काठमाडौमा पहिलो चोटि एकल साङ्गीतिक कार्यक्रम गर्ने भएका छन् । ‘शिक्षाको लागि संगीत’ नारा लिएर गायक लामाले काठमाडौमा रहेका नेपाली संगीत प्रेमी श्रोतहरुलाई एकल रुपमा आफ्ना चर्चित गीतहरु सुनाउने भएका हुन् ।

नेपाली साङ्गीतिक क्षेत्रमा १५ वर्ष लगातार रुपमा लागेका गायक विजयले अहिले जेठ १५ गते, प्रज्ञा प्रतिस्ठान कमलादीमा हुने आफ्नो एकल कन्र्सटमा ६ जना ब्याण्ड मेम्बरका साथमा गाउने भएका छन् । कन्र्सटमा गायक लामाले आफ्ना चर्चित नयाँ–पुराना गीतहरु गाउने भएका हुन् ।

‘नखानु पानी तँङ्वाको’, माया है बस्ला, उभो उभो लेकमा लगायतका गीतहरु गायक लामाले कन्र्सटमा गाउने योजना बनाएका छन् । कार्यक्रमले स–साना बालबालिकाहरुलाई विद्यालय पठाउनु पर्छ भन्ने मुल नारा बोकेको गायक लामाले बताए ।

नेपाली साङ्गीतिक क्षेत्रमा १५ वर्षको यात्राको क्रममा १०० भन्दा बढि गीतहरु गायक विजय लामाले गाइसकेका छन् । अहिले सम्म ६ वटा एल्वम ल्याइसकेका गायक लामाको क्रमश : वेशहरा जिवन, लास्सो, ओम माने पेमे, दोर्जे, विथ अफ मंगोलियन, द पर्फमर सोलो एल्वमहरु हुन् । गायक लामाको एकल कन्र्सटको आयोजना भने लवाङ इभेन्ट म्यानेजमेन्ट गर्न लागेको हो ।


प्रतिक्रिया