Bisal Chautari Logo

उच्च रक्तचाप भएकाले खानै नहुने खानेकुराहरु

- २० पुष २०७४, बिहीबार ११:५५ मा प्रकाशित


Because of high blood pressure foods do not eat
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस २० बिहिबार । सामान्य भन्दा बढी रक्तचापको अवस्थालाई रक्तचाप उच्च हुनु भनिन्छ मुटु तथा रक्तनलिहरुमा रगतले दिने दबाबका कारण यो समस्या देखा पर्छ ।

                                                                                                                        फाइल फोटो

रक्तचाप विभिन्न कारणले गर्दा सामान्य भन्दा बढि हुनसक्छ । मोटोपना, मुटुको रोग, उच्च कोलेस्ट्रोल, तनाव आदि कारणले गर्दा रक्तचाप उच्च हुन्छ । रक्तचाप उच्च हुनु स्वास्थ्यका लागि हानिकारक हुन्छ । तर नियमित व्यायाम गर्ने र चिल्लो पदार्थ तथा सोडियम लवणको सेवन कम गर्ने हो भने रक्तचापलाई नियन्त्रणमा राख्न सकिन्छ ।

उच्च रक्तचापको समस्या भएकाहरुले खान नहुने खानेकुराहरु यी हुन् 
१अचार स् अचार चाहे जे को होस्- उच्च रक्तचाप भएकाहरुले नखाँदा बेस हुन्छ । अचारमा क्यालोरी कम हुने भएपनि सोडियम लवण उच्च हुन्छ ।
२. पापड : पापडमा पनि क्यालोरी कम हुने तर सोडियम लवण उच्च हुन्छ ।
३. अल्कोहल : मदिरा सेवन उच्च रक्तचाप भएकाहरुका लागि निकै घातक सावित हुनसक्छ । अल्कोहलले रक्तचाप झनै बढाउँछ । यसले रक्तनलीको भित्तामा क्षति पूराउँछ र जोखिम झनै बढाउँछ ।
४. चिल्लो तथा बोसोयुक्त खानेकुराहरुको बढि सेवन गर्नु हुँदैन : तारेको तथा झानेको खानेकुरा, बोसोयुक्त मासु तथा रातो मासुका साथै दुध, दही, घिउको बढि सेवन पनि हानिकारक हुन्छ । पानी नहालेको एक कप दुधमा ८ ग्राम चिल्लो हुन्छ । ८ ग्राममध्ये ५ ग्राम त संतृप्त फ्याट हो जुन सरीरका लागि हानिकारक हुन्छ । त्यसकारण फ्याट निकालेको दुध पिउनु राम्रो हुन्छ ।
५. डुनोट: डुनोट खाँदा मिठो होला तर उच्च रक्तचापका रोगीहरुले डुनोट खानु राम्रो हुँदैन । यसमा क्यालोरी तथा चिल्लोको मात्रा पनि उच्च हुन्छ ।
६. चाउचाउ तथा अन्य फास्टफुड : तयारी चाउचाउ निकै सजिलो तथा स्वादिलो खाजा हो । तर उच्च रक्तचाप भएकाहरुका लागि यो खानै नहुने चिज हो । एक कप चाउचाउको सुपमा ८८० मिलिग्रामसम्म सोडियम हुन्छ । चाउचाउसँगै धेरै नुन तथा चिल्लो भएका अरु फास्टफुडहरुले पनि रक्तचाप बढाउने गर्दछन् । नुनमा पाइने सोडियमको मात्रा धेरै भयो भने मुटु तथा रक्तनलीमै क्षति पूराउने र रक्तचाप उल्लेखनीय रुपमा बढ्ने जोखिम हुन्छ ।
७ चिनी : चिनी तथा चिनीयुक्त खानेकुराहरुको अधिक सेवन पनि उच्च रक्तचापको अवस्थामा हानिकारक हुन्छ । यसले मोटोपना बढाउने हुनाले स्वतःः रक्तचाप पनि बढाउँछ ।
८. कफी : कफीमा हुने क्याफाइन तत्वले रक्तचाप बढाउँछ । त्यसैले रक्तचाप उच्च हुने मानिसले कफीको बढि सेवन गर्नु हुँदैन । एजेन्सीको सहयोगमा

प्रतिक्रिया