Bisal Chautari Logo

उपचारका नाममा राज्यकोषबाट सबैभन्दा बढी रकम लिने १५ नेतााहरु – कसले कति रकम लिए ?

- २१ पुष २०७४, शुक्रबार ११:५५ मा प्रकाशित


15 politicians taking the highest amount from the state fund in the name of treatment
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस २१ शुत्रबार । सरकारले उपचारको नाममा भिआइपीहरूलार्इ मोटो रकम उपलब्ध गराउँदै आएको छ । अहिलेसम्म दर्जनौँ नेताहरूले सरकार को राज्यकोषबाट करोडौँ रकम लिइसकेका छन् ।सबैभन्दा धेरै नेपाली कांग्रेसका सभापति एव पूर्वप्रधानमन्त्री स्व। शुसिल कोइरालाले उपचारका लागि राज्यकोषको ढुकुटी रित्याएका छन् ।
त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि एक करोड बढी रकम उपचारका लागि लिएका छन् । शुसिल कोइराला, केपी ओली र अहिले सुजाता कोइरालाले मात्र होइन धेरै नेताहरुले राज्यकोषकाट उपचारका लागि करोडौँ रकम लिएका छन् ।
हेरौँ कस्ले कति रकम लियो –
१ पूर्वप्रधानमन्त्री स्व सुशील कोइराला– १ करोड ९१ लाख ८१ हजार ३ सय ७३
२ पूर्वप्रधानमन्त्री केपी ओली– १ करोड २६ लाख ३५ हजार १ सय ३७
३ पूर्वराष्ट्रपति रामवरण यादव९ ६० लाख
४ पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साह– ५० लाख ३९ हजार १ सय ७
५ पूर्वपरराष्ट्रमन्त्री चक्रप्रसाद बाँस्तोला– ५० लाख
६ पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला– ५० लाख
७ माओवादी नेता नारायणकाजी श्रेष्ठ९ ३८ लाख
८ पूर्वसांसद स्व रामनाथ ढकाल– ३२ लाख १८ हजार ४ सय २१
९ पूर्वगृहमन्त्री गोविन्दराज जोशी– २७ लाख ८० हजार
१० पूर्वप्रधानमन्त्री तुलसी गिरी– २५ लाख
११ पूर्वउपसभामुख पूर्णकुमारी सुवेदी– २५ लाख
१२ कांग्रेस नेता खुमबहादुर खड्का९ २० लाख
१३ पूर्वपरराष्ट्रमन्त्री स्व‍ साहना प्रधान– १३ लाख ६४ हजार ३ सय ६५
१४ पूर्वराज्यमन्त्री महेन्द्र यादव ७ लाख ८८ हजार १ सय ६५
१५ पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द ५ लाख
बिभिन्न अनलाइनहरूबाट साभार

प्रतिक्रिया