nepal news
विशाल चौतारी समाचार
काठमाडौँ । २०७४ फाल्गुन २ बुधबार । रौटहटको वृद्धावन नगरपालिकाको कार्यालय सार्ने विषयलाई लिएर विश्रामपुर उग्र भई झडप हुँदा स्थीती असामान्य भएको छ । रौतहटमा १६ नगर र २ गाउँपालिका घोषणा भए पश्चात वृद्धावन नगरपालिकाको कार्यालय विश्रामपुरमा राखिएको थियो।
नगरपालिकाको कार्यालय विश्रामपुरबाट पाँच किलोमिटर पश्चिम हरचाहा चोकमा सार्न बैठक बसिरहेको बेला विश्रामपुरका स्थानीयले कार्यालय सार्न नदिने भन्दै अवरोध गरेपछि झडप सुरु भएको हो।
गाउँ गाउँमा सिंहदरबार भनेर हाम्रो गाउँमा आएको कार्यालय हामी सार्न दिदैनौ भन्दै विश्रामपुरका स्थानीयले नगरपालिकाको कार्यालयलाई घेरा हाली तोडफोड गरिरहेका छन्।
स्थानीयले कार्यालय तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २१ राउण्ड अश्रुग्यास प्रहार गरेको छ। सशस्त्र प्रहरीले १७ र नेपाल प्रहरीले ४ राउण्ड गरी २१ राउण्ड अश्रु ग्यास प्रहार गरिएको हो।
प्रतिक्रिया