Manisha-Koirala-Unveils-Women-Health-Magazine-Coverएजेन्सी
मुम्बई, २२ चैत । बलिउड सञ्चार माध्ययमहरुमा निकै छाइरहने बलिउड सिनेमाका कुनै जमानाकी चर्चित बलिउड अभिनेत्री मनिाशा कोइराला अव छिट्टै बलिउडमा फर्कने संकेत देखाएकी छिन् । पाठेघरमा भएको क्यान्सरको सफल उपचारपछि अभिनेत्री मनीषा कोइराला बलिउडमा रि–इन्ट्रीको तयारीमा रहेकी हुन् । हालै मात्र अभिनेत्री मनीषाले मुम्बईमा ‘प्रिभेन्सन’ म्यागेजिनका लागि फोटोशुट गराएकी थिइन् । साही म्यागेजिनको विमोचनमा सहभागि हुदै अभिनेत्री कोइरालाले यी कुराहरु खोलेकी हुन् ।

‘प्रिभेन्सन’ म्यागेजिन विमोचनको एक भव्य कार्यक्रममा बोल्दै अभिनेत्री कोइरालाले क्यान्सर पिडीत विरामीहरुलाई सन्देश दिँदै भनेकी छन्, ‘क्यान्सर विरामी सकारात्मक हुनु आवश्यक छ । सँधै डर भइरहन्छ कि यो विमारी कहीँ फेरि नलागोस् भनेर, अभिनेत्री कोइरालाले बताइन् ।’

क्यान्सरले आफ्नो शरीरको रेखदेख गर्न सिकाएको समेत बताइन । उनले आफु अहिले सजक रहेको बताउदै भनेकी छिन्, ‘पहिले म पनि शरीरको बिल्कुल वास्ता गदिर्न थिएँ । खानपिनको अनुशासन थिएन । म निकै लापर्वाही थिएँ । तर, क्यान्सरको बिमारले मलाई आफ्नो शरीरको मूल्य सम्झाएको छ । अब म ध्यान दिन्छु,’ अभिनत्री मनिशा कोइरालाले भनेकी छिन् । आफू विरामी हुँदा परीवारबाट पूर्ण सहयोग पाएको कोइराले बताएकी छिन् ।

अभिनेत्री मनीषा कोइरालाले बलिउडमा पुन ब्रेक मात्र लिने छैनन्, उनले बताए अनुसार क्यान्सर विरुद्धको जितपछि आफू पब्लिक फिगर भएकाले यो विमारीप्रति मानिसहरुको जागरुकता फैलाउन चाहने बताइन् । कहिले चलचित्रमा प्रस्तावहरु आइरहेपनी खासै महत्वपूर्ण रोल नआएकाले चलचित्रमा अहिले नै नदेखिएको अभिनेत्री कोइरालाले बताएकी छिन् । उनले भनेकी छिन्, ‘म दुई–चार मिनेटका लागि कुनै पनि सिनेमा खेल्न चाहन्न ।’

प्रतिक्रिया