manju mahat
विशाल चौतारी समाचार
काठमाडौं, १७ चैत । लोकगायिका मन्जु महतको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमा ल्याइएको छ । महतको शवलाई अन्तिम श्रद्धाञ्जली लागि प्रतिष्ठानमा करिव १० बजेदेखी दिउँसो करिव २ बजे बजेसम्म राखिएको थियो ।

अन्तिम श्रद्धाञ्जलीका दिनका लागी संविधान सभाका सभामुख सुवाश चन्द्र नेम्वाङ उपस्थित भएका थिए । त्यस्तै सभासद रविन्द्रपनि अन्तिम श्रद्धाञ्जली दिनका लागी प्रज्ञा भवनमा उपस्थित रहेका थिए ।
अन्तिम श्रद्धाञ्जली दिनका लागी विशेष गरेर लोक दोहोरी क्षेत्रका प्राय सबै कलाकारहरु उपस्थित रहेका थिए । त्यस्तै आधुनिक एवं चलचित्र क्षेत्रका कलाकारहरुको पनि उपस्थित राम्रै रहेको थियो ।

अन्तिम श्रद्धाञ्जलीपछि लोकगायिका मन्जुको शव पशुपति आर्यघाटमा अन्तिम संस्कारका लागी लगिएको छ । गत शनिबार नै मृत घोषणा गरिएको उनको शवलाई आज मात्र पोष्टमार्टम गरिएपछी अन्तिम श्रद्धाञ्जकिा लागी प्रज्ञा प्रतिष्ठानमा राखिएको हो ।

अन्तिम श्रद्धाञ्जलीमा गायिका महतको पहिलो श्रीमानबाट जन्मिएको ६ वर्षकी छोरी नाप्ती र अहिलेको श्रीमानबाट जन्मिएको डेढ वर्षको छोरा प्रस्तुतलाई पनि ल्याइएको थियो ।

गायिका मन्जुको मृत आत्माको चीर शान्तिको कामना गर्दै विशाल चौतारी हादिर्क श्रद्धाञ्जली व्यक्त गर्दछ साथै शोक सन्तप्त परिवारजन प्रति हादिर्क समवेदना प्रकट गर्दछ ।
प्रतिक्रिया