Bisal Chautari Logo

आशिरमान र शिल्पाको ‘दि ब्रेकअप’को ट्रेलर रिलिज

- ७ माघ २०७५, सोमबार १९:३२ मा प्रकाशित


The Break Up Nepali Movie Official Trailer ft Aashirman Ds Joshi and Shilpa Maskey
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ माघ ८, सोमबार ।
हेमराज विसी निर्देशित नयाँ लभस्टोरी फिल्म ‘दि ब्रेकअप’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । अभिनेता आशिरमान देशराज जोशी र शिल्पा मास्के स्टार फिल्मको सोमवार राजधानीमा प्रेसमिटको आयोजना गर्दै चलचित्र निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको छ ।

ट्रेलरमा फिल्मका लिड कलाकार द्वय आशिरमान देशराज जोशी र शिल्पा मास्केबीचको प्रेम, रोमान्स र विछोडलाई देखाइएको छ । ट्रेलरमा मेकिङ क्वालिटी उच्च देखिएको छ । प्रेम जीवनमा आउने उचारचढावको कथामा फिल्म आधारित रहेको ट्रेलर रिलिज कार्यक्रममा निर्देशक विसीले बताए । ट्रेलरमा आशिर र शिल्पाबीचको ‘लिपलक’ सिन पनि पर्याप्य समावेश गरिएको छ । फिल्मको ६० प्रतिशत छायांकन अष्ट्रेलिया र ४० प्रतिशत पोखरामा भएको हो । आशिरमानले यसअघि ’ग्याङस्टार ब्लूज’ मा हेमराजसँग काम गरेका थिए । तर, फिल्मले बक्सअफिसमा कमाल गरेन । उनी दोस्रो सहकायले भने निराश नबनाउनेमा विश्वस्त देखिन्छन् ।

‘दि ब्रेकअप’ लाई नरेन्द्र मैनालीले छायांकन गरेका छन् । यो फिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसीले संयुक्त लगानीमा निर्माण गरेका हुन् । निर्देशक बिसीकै कथा रहेको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् । फिल्ममा आशिर र शिल्पाका अलावा सरोज खनाल, रेनदास श्रेष्ठ, इच्छा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ । नरेन्द्र मैनालीको छायांकन रहेको फिल्ममा शैलेन्द्र श्रेष्ठको ब्याकग्राउण्ड स्कोर छ । फिल्मका गीतमा प्रकाश मल्लको शब्द छ भने विशेष पाण्डे र विराज गौतमले स्वर भरेका छन् । फिल्म फागुन १७ मा आउँदैछ ।

ट्रेलर हेर्नुहोस्

The Break Up” – Nepali Movie Official Trailer || Aashirman Ds Joshi, Shilpa Maskey, Biraj Gautam

► Movie: “The Break Up”
► Song: Harpal
► Vocal/Music: Biraj Gautam
► Lyrics: Prakash Malla
► Arranger: Bishesh Pandey

► Movie Credits:
► Cast: Aashirman DS Joshi, Shilpa Maskey, Raymon Das Shrestha, Saroj Khanal, Itchya Karki
► Music: Bishesh Pandey, Biraj Gautam
► Lyrics: Prakash Malla
► Associate Director: Mahesh Baral
► Costume Designer: Yubi Thapa
► Make-Up: Shraddha Maskey
► Publicity Designer: Vijay Bashyal, Shann Thapa (Tauwa Creation)
► Australia Line Producer: Sabin Gyawali
► VFX: Shree Krishna Shrestha
► International Distribution: OSR Digital
► Production Designer : Moti Karki
► Production Controller: Buddhi lal Magar
► Background Score: Shailesh Shrestha
► Sound Design: Uttam Neupane
►Colorist: Rajendra Moktan
►Editor: Surendra Poudel
►DOP: Narendra Mainali
►Distributor: Vainkatesh
►Producer: Rupak Thapa, Deepak Khatiwada, Renu Rana, Hem Raj BC
►Story/Screen Play/ Director: Hem Raj BC

प्रतिक्रिया