Bisal Chautari Logo

प्रियंकाको ‘प्रेम दिवस’को गीत रिलिज (भिडियो हेर्नुहोस्)

- ७ माघ २०७५, सोमबार १९:५१ मा प्रकाशित


Priyanka Karki Movie Prem Diwas Song
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ माघ ८, मंगलबार ।
चर्चित रियल जोडी प्रियंका कार्की र आयुषमान देशराज जोशी अभिनित चलचित्र ‘प्रेम दिवस’को पहिलो गीत ‘तिम्रो छेऊ सँरु कि म’ बोलको गीत सार्वजनिक भएको छ । अभिनेत्री प्रियंका कार्कीको एकल नृत्य रहेको गीतमा स्वर अन्जु पन्तको रहेको छ ।

शब्द संगीत महाराज थापाको रहेको गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । लभ स्टोरी फिल्ममा प्रियंका कार्की, आयुषमान देशराज जोशी, हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, संजय न्यौपाने, श्री कृष्ण लुइटेल लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मका कलाकारहरुलाई विशाल खरेलले परिचित गराएका छन् । योगेश घिमिरेले निर्देशन गरेको फिल्ममा संजय न्यौपानेको लगानी रहेको छ । रेनिश फागोको छायाँकन, मिलन श्रेष्ठ र बनिश शाहको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व रहेको छ ।
फिल्मको गीतमा महाराज थापा, महेश खडका, दीपक शर्मा, करण राज कार्कीको संगीत, डा. कृष्ण हरी बराल, शान्ती प्रिया, बवि थापा, सन्तोष थापाको शब्द, अन्जु पन्त, निशान भट्टराई, मेलिना राई, किरण राज कार्कीको स्वर रहेको छ । कथा लेखन प्रदीप भारद्वाजको रहेको छ ।

गीत हेर्नुस् :-

प्रतिक्रिया