Rahadhani-nepali-movieविशाल चौतारी समाचार
काठमाडौं, १३ चैत । बैदेशीक रोजगारी क्षेत्रका समस्याहरुलाई मुख्य विषय बनाएर निर्माण गरिएको चलचित्र ‘राहदानी’को बिहिबार राजधानीमा एक औपचारीक कार्यक्रमको आयोजना गरि प्रचार सामग्री एवं गीत संगीत सर्वजनिक गरिएको छ ।

कार्यक्रममा उपस्थित भएका कवि तथा गीतकार समेत रहेका महिला बालबालिका तथा समाजकल्याणका सचिव दिनेशहरि अधिकारीले करिब २७ लाख नेपालीहरु बैदेशिक रोजगारका लागि खाडी मुलुकमा रहेको बेला उनीहरुको समस्या चलचित्रमा उठाइनु पर्ने बताएका छन् । सो चलचित्रमा कविको रुपमा अभिनय समेत गरेका सचिब अधिकारीले आफु कविता लेख्ने मान्छे कविकै रुपमा चलचित्रमा अभिनय गर्न पाउदा खुसी लागेको पनि बताएका छन् ।

त्यस्तै कार्यक्रममा पूर्व गृहसचिब तथा चलचित्र राहदानीका गीतकार चण्डिप्रसाद श्रेष्ठले बिदेशमा नेपाली कामदारले भोगेको समस्यालाई आफुले यो चलचित्रको गीतमा उतारेको प्रकाश पारे । उनले पनि राहदानीले उठाएको मुद्धालाई स्मरण गराउँदै नेपाली युवाले नेपालमै राजगार पाउनु पर्ने कुरामा जोड दिए । कार्यक्रममा बिहिबार चलचित्र राहदानीको दुई ओटा गीत, प्रोमो र प्रचार समाग्री सर्वजनिक गरियो । जसमा एउटा आईटम गीत र एउटा सावेदनशिल गीत थियो । चेतन सापकोटा र जुगल डागोलले सँगीत गरेका ती गीतको रचना चण्डिप्रसाद श्रेष्ठ र डब्बु क्षत्रीको रहेको छ । जसमा प्रमोद खरेल र दूर्गा खरेलको स्वर छ । चलचित्र राहदानीमा निशा देशारको स्वर र बसन्त सापकोटाको सागीत रहेको डा. गोबिन्द कुृसुमको मारुनी गीत पनि रहेको छ ।

२८ चैतमा रिलिज गर्ने भनिएको राहदानीलाई केही महिना मुलुकका विभिन्न स्थानमा विशेष प्रदर्शन पछि मात्र देशव्यापी रिलिज गर्ने जानकारी यसका लेखक निर्देशक डब्बु क्षत्रीले गराए । प्रस्तुतकर्ता लक्ष्मी प्रसाद ढकालले यो सिनेमा प्रदर्शनका लागि बिदेशबाट पनि माग आएकाले बिदेशमा पनि चााडै प्रदर्शन गरिने जानकारी दिए । चलचित्रमा दयाहाङ राई, अशोक रिजाल, रुपा खनाल, बिनिता घिमिरे, नविन लम्साल, सृजना सुब्बा, दिनेश दुलाल, मोनिका दाहाल, तेन्जिङ शेर्पा, विधा कार्की, विकाश जोशी, लक्ष्मण बिक्रम बस्नेत, शैलेन्द्र बस्नेत सहितको अभिनय रहेको यो चलचित्रको एउटा गीतमा रिमा विश्वकर्माको आईटम डान्स रहेको छ ।
प्रतिक्रिया