३ लाख रुपियाँ क्षतिपूर्ती
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत १८, सोमवार। हावाहुरीले बारा र पर्सामा ठूलो जनधनको क्षति पुगेपछि प्रदेश २ सरकारको आपतकालीन मन्त्रिपरिषद बैठक बसेको छ । बैठकले हरेक मृतकका परिवारलाई ३ लाख रुपियाँ क्षतिपूर्ती दिने निर्णय गरेको छ ।
सोमबार बिहानै बसेको बैठकले घाइतेको निशुल्क उपचार, भत्किएका घरहरको लागत संकलन गरेर बनाइदिने पनि निर्णय गरेको छ । आइतबार साँझको भीषण हावाहुरीका कारण बरामा ठूलो मानवीय समस्या देखिएको छ ।
गए राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश २ को मन्त्रिपरिषद्ले गहिरो दुःख पनि प्रकट गरेको छ ।
प्रतिक्रिया