Kangana Ranaut Birthday Partyएजेन्सी
मुम्बई, १० चैत । बलिउड अभिनेत्री कंगना रानावत गत ९ गते आईतवार राती आफ्नो घरमा एक भव्य पार्टि दिएका छन् । उनले आफ्नो जन्मदिनको अवसरमा सो भव्य पार्टि दिएकी हुन् । अभिनेत्री कंगनाको जन्मदिनमा आयोजना गरेको भव्य पार्टिमा बलिउडका महानायक अभिनेता अमिताभ बच्चनदेखी अमिरखान समेत गरि बलिउडका चर्चित सेलिव्रेटिहरु उपस्थित रहेका थिए ।

अभिनेत्री कंगनाले आफ्नो पछिल्लो चलचित्र ‘क्विन’बाट राम्रो प्रतिकृया पाएकी छिन् । यस्तै क्रममा आफ्नो जन्मदिनमापनि कंगनाको अभिनय तारीफ नगर्ने मानिसहरु विरलै भेटिन्थे । समाचारको अनुसार अभिनेता अमिताभ बच्चन चलचित्र ‘क्विन’मा कंगनाको अभिनयदेखी प्रभावित रहेका छन् । अभिनेता अमिताभले पार्टिमा कंगनाको खुलेरै तारीफ गरेका थिए ।


पार्टिमा बिबेक ओवरायको पत्नीको साथमा अभिनेत्री प्रिंयका चोपडापनि उपस्थित रहेकी थिइन् । यस्तै अनुराग काश्यप, विशाल भारद्धाज, अनुपमा चोपडा, विधु विनोद चोपडा र अनुपम खेर जस्ता चर्चित कलाकारहरु पार्टिमा उपस्थित रहेका थिए ।
प्रतिक्रिया