best-youth-voice-competition विशाल चौतारी समाचार
काठमाडौ, ८ चैत । सुशीला आर्ट एकेडेमीले गायन सम्भावना भएका १० बालबालिका छनोट गरेको छ । शास्त्रिय संगीतको विकाश र प्रवर्धन साथै संगीतका विद्यार्थीहरुको हौसलाका लागी प्रतियोगीताको आयोजना गरिएको एकेडेमीका फाउण्डर युलिया कोइरालाले बताइन् ।

प्रतियोगीताको टप टेनमा ललितपुरका अरनव मानन्धर प्रथम, हित्सन मगर दोस्रो, नरबहादुर गुरुङ तेस्रो, विमला नेपाली चौथो, सुमन परियार पाँचांै भएका छन् । अनुश ज्ञवाली, अञ्जान रानामगर, प्रिया राई र पूर्व शेर्पा क्रमश: टप टेनमा परेका छन् ।

प्रतियोगी बालबालीकाहरुले आउँदो अप्रिल ४ मा राजधानीको नेपाल प्रज्ञा–प्रतिष्ठानमा प्रस्तुति दिने भएका छन् । सोही कार्यक्रममा विभिन्न उपहार र पुरस्कारसमेत प्रदान गरिने एकेडेमीकी फाउन्डर युलिया कोइरालाले बताइन् । त्यस्तै सो कार्यक्रममा भारतिय चर्चित कलाकारहरु सहित राशिद खानपनि उपस्थित रहने भएका छन् ।

प्रतिक्रिया