Rajesh-Payal-Rai-Atom-Bomb Vidioविशाल चौतारी समाचार
काठमाडौं, ४ चैत । धेरै प्रेमिहरुको बुझाईमा माया त्याग हुन सक्ला तर अभिनेता निरज बराल र मोडल दिप्तीराज भण्डारीलाई माया भनेको
एटम बम लाग्दो रहेछ ।

प्रसंग चर्चित गायक
राई इज किङ राजेश पायल राईको पछिल्लो एल्बम
‘दर्शन नमस्ते २’को एक म्युजिक भिडियोको रहेको छ । सो गीत चर्चित गितकार राजेन्द्र थापाको ‘यो माया हो की एटम बम’ बोलको गीत रहेको छ ।
केही दिन अगाडी मात्र रीलिज गरिएको म्युजिक भिडियोलाई सञ्चारकर्मी प्रदिप निरौलाले निर्देशन हुन् । यस गीतलाई महेश खड्काले संगित दिएका हुन् भने हरी हुमागाईले क्यामेरा खिचेका हुन् । त्यस्तै यस म्युजिक भिडियोको कोरीयोग्राफि गम्भिर विष्टले गरेका हुन् ।

यो भन्दा पहिलो म्युजिक भिडियो ‘छैन तिमी बाहेक’बोलको गित अहिले सामाजिक संञ्जाल तथा मिडियामा चर्चित रहेको छ । त्यस्तै अहिले सार्वजनिक भएको भिडियोलाई पनि आफ्ना श्रोताहरुले मनपराइ दिने विस्वास रहेको गायक राईले बताए ।

प्रतिक्रिया