विशाल चौतारी समाचार
काठमाडौं, २ चैत । अहिलेका चर्चित अनी व्यास्त अभिनेता तथा अभिनेत्री एउटै चलचित्रमा काम गर्ने भएका छन् । चलचित्र ‘श्री ५ अम्बरे’ मा अभिनेता सौगात मल्ल र अभिनेत्री केकी अधिकारी मुख्य कलाकारको रुपमा अनुवन्धित भएका छन् ।

चलचित्र ‘अन्तराल’ निर्देशक दिपा बस्नेतले निर्देशन गर्ने यस चलचित्रमा सौगात र केकी पहिलो पटक स्क्रिनमा सँगै देखिन लागेका हुन् । अमृत अग्रवाल निर्माता रहेको चलचित्र ‘श्री ५ अम्बरे’ मा ट्रियु इन्टरटेनर्स र जीवनसाथी फिल्मस्को संयुक्त व्यानरमा निर्माण हुनेछ । सौगात र केकीसँगै चलचित्र ‘श्री ५ अम्बरे’ का अन्य कलाकारहरु पनि फाइनल भएका छन् । चलचित्रमा बिक्रम सिंह, मतिन खान, लोकमणी सापकोटा, अर्चना देलाल सहित अडिसनबाट छानिएका कलाकारहरुमा सृजना अधिकारी, दिवाज राई, विरल अधिकारी, सफोला भट्टराई, सरोज बस्नेत, रुपक रम्तेल, राजेश बुढाथोकी, सुदीप कार्की, अनन्य गौताम, अमर लामा, अभय लामा, प्रतिमा ढकाल, सुशान्त कार्की, आस्था सिजापती, सतीस अधिकारी रहेका छन् । चलचित्र ‘श्री ५ अम्बरे’लाई ‘अन्तराल’का स्क्रिप्ट राईटर अभिमन्यू निरवीले लेखेका हुन् । बाँकी कलाकार तथा प्राविधिकको नाम औपचारिक कार्यक्रम गरी सार्वजनिक गरिने निर्देशक बस्नेतले बताइन् । चलचित्र ‘श्री ५ अम्बरे’ को हाल काठमाण्डौको धुम्बाराईस्थित ट्रियु इन्टरटेनर्सको कार्यालयमा वर्कसप चल्दैछ । जानकारी अनुसार चलचित्रको सुटिङ चैत्र १० गतेबाट शुर गरिने भएको छ ।
प्रतिक्रिया