November-Rain-nepali-movie-celebrate-the-holiविशाल चौतारी समाचार
कठमाडौं, १ चैत । अभिनेता आर्यन सिक्देलले निर्माण गरेको चलचित्र ‘नोभेम्बर रेन’को रिलिज डेट चैत्र १४ गते कुरेर बसेका दर्शकहरुका लागी सानो घात भएको छ । होली आउनु एक दिन अगाडी आज शनिबार राजधानीमा सञ्चारकर्मीसँग होलीको रंगमा रमाउँदै चलचित्र युनिटले सिनेमाको रिलिज डेट सरेको औपचारिक रुपमा जानकारी दिएको छ । चलचित्रको रिलिज डेट सर्नुको कारण चलचित्रका प्राबिधिक काम अझै नसकिएको, अभिनेता आर्यन सिग्देल अर्को चलचित्रमा व्यस्त भएको र निर्माता सुवास गिरी मलेसियाबाट नेपाल आउन नसकेको कारण रिलिज मिति सार्न परेको चलचित्रका निर्देशक दिनेश राउतले औपचारीक कार्यक्रममा बताए ।

प्राबिधिक कारण देखाउँदै युनिटले एक महिना पर (बैशाख १२ गते) सारेको चलचित्र सो मितिमा अर्को चलचित्र ‘कबड्डी’सँग भिडन्त हुने भएको छ । औपचारिक कार्यक्रममा बोल्दै यस चलचित्रका निर्माता समेत रहेका अभिनेता आर्यन सिक्देलले सञ्चारकर्मीकै कारणले आज आफु यो ठाउँमा उभिएको बताए ।

अभिनेता सिक्देलले आफ्नो निर्माण रहेको चलचित्र चलचित्र ‘नोभेम्बर रेन’लाई सहयोग गरिदिन आग्रह गरे । उनले भने ‘चलचित्रको पब्लिसिटी हाम्रो चलचित्र हेरेका दर्शकहरुबाट पुन अरु दर्शकहरु आइदियोस् भन्ने रहेको छ ।’ सञ्चारकर्मीहरुलाई होली रंगको टिका लगाईदिंदै अभिनेता आर्यनले चलचित्र सफलताको लागि शुभकामना लिए ।

त्यस्तै कार्यक्रममा अभिनेत्री नम्रता श्रेष्ठ र छुल्ठिम गुरङले चलचित्रको स्क्रिप्ट निकै राम्रो रहेको र चलचित्रपनि धेरै राम्रो बनेको बताए । यस चलचित्रबाट अभिनयमा उदाउन लागेकी अभिनेत्री छुल्ठिमले चलचित्र ‘नोभेम्बर रेन’मा आफुले यस चलचित्रमा पाएको भुमिका जस्तो अन्य चलचित्रमा पाउँन नसक्ने बताए । छुल्ठिमले कार्यक्रममा बोल्दै आफ्नो रियल जिवनसंगपनि आफ्नो अभिनयमा केही मेल खाएको बताए । त्यस्तै कार्यक्रममा बोल्दै चलचित्रका स्किृष्ट राईटर छेतन गुरङले पनि सिनेमाको कथा निकै राम्रो बनाएको बताए ।







प्रतिक्रिया