Sherpa Losar saanjhनोट भिडियो केही समय पर्खिनुहोला विशाल चौतारी समाचार
काठमाडौं, १ चैत । नेपाल शेर्पा विद्यार्थि मञ्चको आयोजनामा गत राती
(शुक्रवार) काठमाडौं स्थीत आर्मि अफिर क्वलमा भव्य साङ्गीतिक कन्र्सट सम्पन्न भएको छ । शेर्पा जातिहरुको एउटा पर्वको रुपमै स्थापित भएको यस कार्यक्रममा देशका चर्चित कलाकारहरुले गाएका थिए ।

कन्र्सट सुरु हुन भन्दा पहिला औपचारीक कार्यक्रमको आयोजना गरिएको थियो । औपचारीक कार्यक्रमका प्रमुख अतिथी सिचाई मन्त्रि नारायण प्रसाद साउतले आयोजक संस्थाको वार्षिक रुपमा प्रकाशन हुने ‘शेर्पा प्रतिविम्ब’को बिमोचन गरेका थिए । औपचारीक कार्यक्रममा बोल्दै प्रमुख अतिथी साउतले विस्तारै नेपालमा रहेका आदिबासी जनजातीहरुमा रहेको दन्द्ध मेटिने, लिखित रुपमा पहिचान भेटिने बताए । औपचारीक कार्यक्रममै विभिन्न व्याक्तित्वहरुलाई सम्मानपनि गरिएको थियो ।

वार्षिक रूपमा शेर्पाहरू नव वर्ष को उपलक्ष्यमा आयोजना हुने ‘शेर्पा लोसार सााझ’मा नेपाली साङ्गीतिक क्षेत्रमा निकै लामो समयदेखी राज गर्दै आएका राई इज किङ, राजेश पायल राईले चलिरहेको कन्र्सटलाई भव्य रुपमा तताएका थिए ।

आर्मि अफिर क्लव उचालिने गरि दर्शकहरुलाई नचाएका राई इज किङ राजेशले सिटमा रहेका दर्शकहरुलाई उठेर नाच्न बाध्य बनाएका थिए । गायक पायलले कार्यक्रमको आफ्नो प्रस्तुतीमा ‘फेरी फेरी नाइ नभन्नु ल’बाट गाउन सुरु गरेका थिए । सो गीत गाउँदा दर्शकहरु आफ्नो बसेको सिट छाडेर स्टेज अगाडी आएर नाच्न सुरु गरेका थिए ।

दर्शकहरुको हुटिङ र वान्समोरले गर्दा गायक राजेश पायलले लगातार ६ वटा गीत प्रस्तुत गरेका थिए । पहिलो गीतपछि गायक राईले आफ्नो चर्चित ‘दर्शन नमस्ते’ बोलको गीत गाएका थिए । जुन गीत गाउदा दर्शकहरु स्टेजै भत्कने गरी उफ्रिएका थिए । अनी साथमा दर्शकहरुले स्वरमापनि गायक राईलाई साथ दिइरहेका थिए । त्यस्तै तामाङ सोलो गीत गाउदा गायक पायललाई शेर्पाहरुले एकसाथ उठेरै स्वागत गरेका थिए ।

त्यस्तै कार्यक्रममा दर्शकहरुको हुटिङ र वान्समोरले असिन पसिन भइसकेका गायक राजेशले दर्शकहरुको वान्समोरलाई बुझ्दै अहिलेको चर्चित गीत ‘ओखरे साइला’ बोलको गीत गाए । सो गति गाउदा कन्र्सटमा उपस्थित भएका तन्नेरी तरुनीहरु उफ्रि–उफ्रि नाचेका थिए । अन्तमा गायक राईले मोहनी लाग्ला है बोलको गीत गाएर स्टेजबाट बाहिरीने क्रममा दर्शकहरु वान्समोरको नारा नै लगाइरहेका थिए ।

त्यस्तै कार्यक्रममा अहिलेका व्यास्त गायिका आस्था बीले पनि दर्शकहरुलाई नचाए । उनले दुई गीत ‘मलाई पुगेन यो मेरो बैस ले’ र ‘तिमीसंग हुदैन प्यार’ बोलको गीत गाएकी थिइन् । गायनसंगै सुन्दरता र हाइटकी धनी गायिका आस्थाको गीतमा दर्शकहरु उस्तै किसिमले नाचिरहेका थिए । त्यस्तै चर्चित पप गायक सुगम पोखरेललेपनि कार्यक्रमको अन्तमा केही दर्शकहरुलाई नचाए ।

उनले ‘मेरो एउटा साथी छ’, ‘झिल्के ले र के यो माया हो’ गाएका थिए । त्यस्तै चर्चित गायिका बिष्णु चेमजोङले ‘के छैन यो देशमा’ बोलको गीत गाएकी थिइन् । गायीका चेमजोङले गायक मिङ्मा शेर्पासंग नयाँ डोएट गीतपनि गाएकी थिइन् । त्यस्तै गायक मिङ्मा शेर्पाले ‘जामा जामा’ लगायतका गीत प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन डोल्मा शेर्पाले गरेकी थिइन् ।

प्रतिक्रिया