विशाल चौतारी समाचार
काठमाडौं, ३० फागुन । नेपाली हास्य क्षेत्रका चर्चित जोडी हास्य अभिनेता सिताराम कट्टेल (धुमुर्स) र हास्य अभिनेत्री कुन्जना घिमिरे (सुन्तली)लाई पुत्री लाभ भएको छ । नभिर्क हस्पिटलको सजिर्कल आईसियूमा भर्ना भएकी श्रीमतीबाट आज बिहान करिव सात बजेर ३५ मिनेटमा श्रीमती सुन्तलीले पहिलो सन्तान स्वरुप छोरीलाई जन्म दिएकी हुन् ।
आज भन्दा पाचँ वर्ष पहिला (२०६५ साल मंसिर १४ गते) प्रेम बिबाह गरेका थिए । पहिलो सन्तानको मुख हेर्न हास्य अभिनेता कट्टेल निकै आतुर रहेका थिए । प्रतिक्षाको फल मिठो हुन्छ, भनेझै उनको पर्खाइको केही बेरपछि पहिलो सन्तानको मुख हेर्न पाएका थिए । सो समयमा अभिनेता कट्टेलले आफुलाई संसारकै सबैभन्दा खुसि रहेको व्याक्ति आफु रहेको महशुस गरेको विशाल चौतारीलाई बताए । डक्टरहरु दिएको मिति अनुसार चैत्र १५ को डेलिभरी डेट दिईएपनि आजै अभिनेता सिताराम र कुन्जना बाबा आमा बनेका हुन् । सिजेरियन गरेर उनीहरुको बच्चालाई निकालिएको थियो । बच्चा पूर्ण स्वस्थ्य रहेको अस्पतालले जानएको छ ।
सिताराम र कुन्जनाको लवस्टोरी – प्रस्ताव राख्दा रोइन्
प्रतिक्रिया