विशाल चौतारी समाचार
काठमाडौं, २९ फागुन । यस वर्षको निकै आसा गरिएको चैत्र १४ गते प्रदर्शन हुने लागेको चलचित्र
‘नोभेम्वर रेन’को टिमले होली पर्व दर्शकको साथमा मनाउने भएको छ । राजधानीको बिजुलीबजारमा रहेको चलचित्र निर्माण कम्पनी सुवास इन्टरटेन्मेन्टको कार्यालयमा चैत्र १ गते होली पर्व मनाईने निर्माण युनिटले जनाएको छ ।

होलीको दिन अर्थात चैत्र २ गते भने राजधानी बाहिर पहाडी भेगमा होली मनाउने र चैत्र ३ गते तराई भेगमा होली मनाउन चलचित्र युनिट नै उपस्थित हुने निर्देशक दिनेश राउतले बताएका छन् ।

उनले चलचित्रका अभिनेता
आर्यन सिग्देल र अभिनेत्री
नम्रता श्रेष्ठसँग होली खेल्न इच्छुकलाई निमन्त्रणा समेत गरेका छन् । चलचित्रको प्रचारप्रसार पनि हुने र दर्शकसँग प्रत्यक्ष भेटघाट गर्न पाईने भएकाले होली पर्व सेलिब्रेट गर्न लागेको निर्देशकको भनाई छ । उनले यसपालीको होली ‘नोभेम्बर रेन’सँग रमाईलो गरी मनाउन आग्रह गरेका छन् ।
प्रतिक्रिया