Bisal Chautari Logo

प्रमोद खरेल र प्रविशा अधिकारीको ‘तिम्रो मेरो साथ’ सार्वजनिक (भिडियो सहित)

- १३ असार २०७७, शनिबार ०९:५१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ आषाढ १३ शनिवार । चर्चित गायक प्रमोद खरेल र गायिका प्रविशा अधिकारीको युगल स्वरमा रहेको गीत ’तिम्रो मेरो साथ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । रोमाण्टिक भर्सनको यो गीत साँचो माया प्रेममा डुबिरहेका प्रेमिल जोडीको कथा बस्तुमा आधारित छ । प्रेमीहरु एक अर्का को साथ बिना कति अधुरो छ भन्ने कुरा गितले बोलेको छ । चोखो माया गर्ने जोडीका लागि बनेको यस गीतमा स्वर प्रमोद खरेल र गायिका प्रविशा अधिकारीको रहेको छ भने शब्द र संगित किरणबाबु पुनको रहेको छ ।

भिडियो हेर्नुहोस् :-

म्युजिक भिडियोमा एलिशा पुन मगर र राजकुमार मगर फिचर्ड छन् । विभिन्न सुन्दर ठाउँमा छायांकन गरिएको भिडियोमा एलिसा र राजकुमारको रोमान्स देख्न सकिन्छ । अमर सुनारले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् । यसै म्युजिक भिडियो मार्फत अभिनयमा डेब्यु गरेका राजकुमार मगरको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो ।
प्राण पुन मगरको लगानीमा निर्माण भएको भिडियोलाई प्राण डिजिटल मार्फत सार्वजनिक गरिएको छ । म्युजिक भिडियोलाई दर्शक ,स्रोता र मिडिया हाउसबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । म्युजिक भिडियोलाई माया गरिदिन टिम ‘तिम्रो मेरो साथ’ले आग्रह गरेको छ ।

प्रतिक्रिया