Bisal Chautari Logo

भुपु पाण्डे र प्रविशा अधिकारीको ‘मायालु’ गीत सार्वजनिक (भिडियो सहित)

- १३ असार २०७७, शनिबार १०:३७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ आषाढ १३ शनिवार । गायक भुपु पाण्डे र गायिका प्रविशा अधिकारीको स्वरमा ‘मायालु’ बोलको गीत सार्वजनिक भएको छ । राजेश अर्याल अफिसियल युट्युब च्यानलबाट म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतमा भुपु पाण्डेकै संगीत छ । शव्द राजेश अर्यालका छन् ।

भिडियो हेर्नुहोस् :-

आफ्ना हरेक गीतहरूमा नयाँ प्रयोग गर्दै आएका गायक पाण्डेले फरक शैलीको गीत बनाएको बताएका छन् । आधुनिक, शास्त्रीय संगीत र लोक फ्लेभरको गीतका शब्द निकै राम्रो रहेको पाण्डेले बताए । उनले भने, ‘संगीत, स्वर र म्युजिक भिडियो सबै कुरालाई हाम्रो टिमले न्याय गरेका छौँ जस्तो लागेको छ ।’
म्युजिक भिडियोको निर्देशन मोडल समेत रहेका सुनिल क्षेत्रीले गरेका छन् । सुनिल क्षेत्री र वीना राउत म्युजिक भिडियोमा छन् ।
अमृत चापागाइँको सम्पादन, नवराज उप्रेतीको छायांकनमा निर्माण भएको ‘मायालु’लाई ‘द पीक’मा रेकर्ड गरिएको थियो ।

प्रतिक्रिया