Bisal Chautari Logo

डा. डीआरको गिनिज रेकर्ड गीत सार्वजनिक

- २४ असार २०७७, बुधबार ०९:४० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ, २०७७ आषाढ २४ बुधवार । कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको बुक अफ वल्र्ड रेकर्ड प्राप्त गर्न सफल गीत ‘मायाको सागरमा’ सार्वजनिक भएको छ । लिरिकल भिडियो सहित गीत डीआर म्युजिक क्रिएसनले बाहिर ल्याएको हो ।
गीतकार उपाध्यायले यहि गीत नेपाली, हिन्दी, चाइनिज, जापानिज, अंग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेनिस, इटालियन, जर्मन र थाई भाषामा तयार पारेर गिनिज बुक अफ वल्र्ड रेकर्ड प्राप्त गरेका थिए ।
सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा सागर अधिकारी ‘शरद’, डा.डीआर उपाध्याय र प्रकाश तिमिल्सिनाको स्वर छ ।
सबै वर्ग, पेशा र समुदायका लागि उपयुक्त गति लेदै आएका डा. डीआरले गीतसंगीतबाटै १५ विश्व रकेर्ड राखेका छन् ।

प्रतिक्रिया